भीषण बाढीमा इन्फोसिस पब्लिक सर्भिसेसका सीईओ लक्ष गोपिसेट्टी सम्पर्कविहीन
newsofnepal.com · Sat Aug 29 10:56:52 GMT 2026

काठमाडौं ।
नेपालमा आएको विनाशकारी बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याइरहेका बेला बहुराष्ट्रिय प्रविधि कम्पनी इन्फोसिस पब्लिक सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष गोपिसेट्टी नेपालबाट सम्पर्कविहीन भएका छन्। इन्फोसिसले शुक्रबार जारी गरेको आधिकारिक वक्तव्यमा गोपिसेट्टी व्यक्तिगत भ्रमणका क्रममा नेपाल आएको र भीषण बाढीपछि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ। कम्पनीले उनको सुरक्षा र अवस्थाबारे जानकारी प्राप्त गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको तथा परिवारसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ। इन्फोसिस पब्लिक सर्भिसेस इन्फोसिसको अमेरिकी तथा क्यानडेली सार्वजनिक क्षेत्र केन्द्रित सहायक कम्पनी हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)