एभरेष्ट बैंकको शाखा विस्तार
karobardaily.com · Fri Nov 18 02:00:00 GMT 2022
एभरेष्ट बैंकले पोखराको बिरौटामा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।
सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् । समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शसांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्ति उपस्थित थिए ।
अर्थविद डा. गुरुङले पञ्जाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने बताए । उनले नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्ने बताए ।
योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको छ । स्थापना कालदेखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक रहेका छन् । देशैभरी छरिएर रहेको १२२ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५७ एटीएममार्फत सेव दिइरहेको बैंकको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)