आदरणीय दर्शकवृन्द, शुभचिन्तक तथा सम्पूर्ण नेपाली जनमानसमा नमस्कार, म प्रियंका कार्की
barnanmedia.com · Sat Jul 18 00:15:01 GMT 2026

आदरणीय दर्शकवृन्द, शुभचिन्तक तथा सम्पूर्ण नेपाली जनमानसमा नमस्कार, म प्रियंका कार्की।
पछिल्लो समय मेरो निर्माण तथा अभिनय रहेको चलचित्र 'मास्टर्नी' को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवाद, प्रतिक्रिया र चासोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई, विशुद्ध प्रचारप्रसारको उद्देश्यले आपसी समन्वयमा तयार पारिएको थियो। उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)