सांसदले स्वकीय सचिव पाउने
barnanmedia.com · Sat Jul 18 00:28:13 GMT 2026

सङ्घीय संसद्का सदस्यले स्वकीय सचिवको सुविधा पुनः पाउने भएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठित सरकारले स्वकीयको सुविधा खारेज गरेकामा सरकारले मङ्गलबारको बैठकबाट सुविधा पुनस्र्थापित गरेको हो । राजपत्राङ्कित तृतीय श्रेणी सरहको स्वकीयको सुविधा दिने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसअघिकै साबिकको व्यवस्थाबमोजिम हुने गरी सम्बन्धित कानुनको अनुसूची हेरफेरको निर्णय भएको बताउनुभयो । सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी ऐनको अनुसूची २ संशोधन गरेर सरकारले पुनः स्वकीय सचिवको व्यवस्था गरेको हो । सरकारले स्वकीय राख्न पाउने निर्णय गरे पनि सोबारेमा संसद् सचिवालयलाई भने कुनै पत्राचार भएको छैन । यस्तै सचिवालयले नियुक्तिसम्बन्धी मापदण्डमा हालसम्म कुनै गृहकार्य गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)