हर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएकाे इरानको दाबी
annapurnapost.com · Sat Jul 18 00:31:07 GMT 2026

काठमाडौं : इरानको हर्मुज जलडमरूमध्यमा दुईवटा तेल ट्याङ्करमा भीषण आगलागी भएको छ। इरानको सरकारी समाचार एजेन्सीले इस्लामी क्रान्तिकारी गार्ड कर्प्सलाई उद्धृत गर्दै शनिबार दिएको जानकारी अनुसार बारुदी सुरुङ (माइन) विछ्याइएको मार्गबाट अघि बढ्न खोज्दा ती ट्याङ्करहरूमा आगो लागेको हो।
उक्त घटना लगतै गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै सो रणनीतिक जलमार्ग हाल अत्यधिक असुरक्षित भएको र यसलाई पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। विश्वकै प्रमुख तेल ढुवानी मार्ग मानिने हर्मुज बन्द भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सुरक्षा चासो थप बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)