मेक्सिकोमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
lokaantar.com

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति (नेपाली समयअनुसार) ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो । शक्तिशाली धक्काका बाबजुद कुनै पनि देशमा ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ, यद्यपि दक्षिणी मेक्सिकोमा दुई जना घाइते भएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)