पन्ध्र मिनेटभित्र नागरिकता दिन निर्देशन
barnanmedia.com · Sat Jul 18 00:59:05 GMT 2026

गृहमन्त्री सुधन गुरुङले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिनुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।