अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरियासँग १ विकेटले पराजित
ratopati.com · Sat Aug 29 11:06:02 GMT 2026
काठमाडौँ । अस्ट्रेलियामा जारी ‘टप एन्ड टी–२० शृङ्खला’अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल ‘ए’ भिक्टोरिया एकेडेमीसँग १ विकेटले पराजित भएको छ । योसँगै नेपाल ‘ए’ले ६ खेलमा २ जीत र ४ हारसहित प्रतियोगिता टुङ्ग्याएको छ ।
नेपाल ‘ए’ले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको भिक्टोरियाले अन्तिम ओभरको अन्तिम बलमा एक विकेट बाँकी हुँदा पूरा गर्यो । भिक्टोरियाका टम रोजर्सले २१ बलमा ३६, ह्यारी होकस्ट्राले २६ बलमा अविजित ३५ रन र ह्यारी डिक्सनले १६ बलमा ३० रन बनाए । नेपालका युवरात खत्री र कुशल भुर्तेलले समान ३ तथा आकाश चन्दले १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)