आईएमई लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड सहयोग
kendrabindu.com · Thu Aug 27 10:40:47 GMT 2026

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बाढीका कारण कैयौँ नागरिकको मृत्यु, केही बेपत्ता तथा सयौँ परिवार प्रभावित भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)