डडेल्धुरामा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते
nepalnews.com · Sat Jul 18 02:00:08 GMT 2026

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का सुगन लोथ्याल (अन्दाजी ४५) र हनु लोथ्याल (अन्दाजी २८) को मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरू अमरसिंह ठगुन्ना, सरस्वती लोथ्याल र चालक अमृत घरेडीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)