निर्माण समय सकियो, बनेन शान्तिघाट–सिपखाना कालोपत्रे सडक
rajdhanidaily.com · Sat Jul 18 02:11:44 GMT 2026
कालिकोट । निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि शान्तिघाट–सिपखाना कालोपत्रे सडक सम्पन्न हुन सकेको छैन । पटक–पटक निर्माण अवधि थपिए पनि सडकको काम अझै अधुरै रहँदा स्थानीयवासी धुलो, हिलो र जोखिमपूर्ण यात्राको सास्ती खेप्न बाध्य भएका छन् ।
स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे हुने र सवारी आवागमनमा समस्या हुने गरेको छ भने हिउँदमा अत्यधिक धुलोका कारण दैनिक जनजीवन प्रभावित हुने गरेको छ । समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी, विद्यार्थी, बिरामी तथा व्यवसायी सबै प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)