पाँचथरको तुम्बेवामा आगलागी, दुई कटेजसहित नगद र सामग्री जले
kendrabindu.com · Sat Jul 18 03:00:42 GMT 2026

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित तमोर होटलका कटेजमा आगलागी हुँदा नगद र जिन्सी सामग्री जलेर नष्ट भएका छन्। शुक्रबार साँझ ग्यास चुहावटका कारण आगलागी हुँदा दुई वटा कटेजसहित नगद र सामग्री जलेर नष्ट भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णका अनुसार साँझ करिब साढे पाँच बजे होटलको भान्सामा मासु पकाउने क्रममा ग्यास चुहावट भई आगलागी भएको हो। आगो स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा साँझ ७ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)