अमेरिकी पासपोर्टमा ट्रम्पको तस्वीर, सार्बजनिक भयो नमुना
barnanmedia.com · Sat Jun 27 21:45:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा सीमित संस्करणको नयाँ स्मारक राहदानी (पासपोर्ट) सार्वजनिक गरेका छन् । उनले नयाँ पासपोर्टको नमुना सार्वजनिक गर्दै यसलाई विशेष सम्झना स्वरूप तयार गरिएको बताएका हुन् ।
सार्वजनिक गरिएको नमुनामा ट्रम्पको ठूलो तस्बिर राष्ट्रपति कार्यकक्षको प्रसिद्ध डेस्कमाथि देखाइएको छ । पृष्ठभूमिमा अमेरिकाको स्वतन्त्रता घोषणापत्रको मूल पाठ राखिएको छ भने तल उनको हस्ताक्षर समावेश गरिएको छ । अर्को पृष्ठमा चित्रकार जोन ट्रम्बुलले बनाएको ‘स्वतन्त्रता घोषणापत्र’ सम्बन्धी ऐतिहासिक चित्र राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)