फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले त यही भन्छ
ratopati.com · Sat Jul 18 03:15:00 GMT 2026
लियोनल मेस्सीलाई इंग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलको इन्जुरी समयको ९२औँ मिनेटमा निको ओ’राइली र जेड स्पेन्सले दायाँ किनारातर्फ धकेल्दा इंग्ल्यान्डका समर्थकहरू सास रोकेर हेरिरहेका थिए। सिक्स यार्ड बक्सभित्र ‘थ्री लायन्स’का चार अग्ला खेलाडी उभिएका थिए र अर्जेन्टिनाका कप्तानलाई पछिल्लो पोस्टमा रहेका लाउटारो मार्टिनेजसम्म बल पुर्याउन एकदमै सटीक र त्रुटिरहित क्रसको आवश्यकता थियो। तर, मेस्सीले कुनै पनि क्षण असम्भवलाई सम्भव बनाउन सक्छन् भन्ने कुरा संसारलाई थाहा छ।
ठ्याक्कै भयो पनि त्यही। उनको सटीक क्रस मार्टिनेजको टाउकोमा पुग्यो र बल जोर्डन पिकफोर्डलाई छक्याउँदै जाली चुम्न पुग्यो। यससँगै अर्जेन्टिनाले २–१ को पुनरागमन जित निकाल्दै २०२६ विश्वकपको फाइनलमा स्थान बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)