रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
ratopati.com · Sat Jul 18 03:37:43 GMT 2026

रसुवा । एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा टिमुरे भन्सारमा व्यापारिक गतिविधि अहिले लयमा छ । तर, बाढीले सवा दुई अर्ब चिनियाँ लगानीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ ।
करिब ८० प्रतिशत निर्माण कार्य सकिएकोमा बाढीले गोदाम, तटबन्ध, पार्किङमा क्षति पुगेको थियो । प्रशासनिक भवन भने केही भएको छैन । बाढीपछि चिनियाँ कम्पनी काममा फर्किएको छैन । नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)