वन्यजन्तुका लागि बर्दियाका वनमा आठ वटा पोखरी
kendrabindu.com · Sat Jul 18 03:59:21 GMT 2026

बर्दिया । सामुदायिक वनमा प्राकृतिकरूपमा पानी जम्ने ठाउँमा थप सुधार सम्भार गरि डिभिजन वन कार्यालय, बर्दियाले गत आर्थिक वर्षमा आठ वटा पोखरी निर्माण गरेको छ ।
वन्यजन्तुलाई पानीको अभाव नहोस् भन्ने उद्देश्यले वनमा ‘खोदाउताल’ निर्माण गरिएको बारबर्दिया नगरपालिका–९ जनकल्याण सामुदायिक वनका अध्यक्ष देबेन्द्रबहादुर थापाले बताए । ‘गर्मीयाम सुरू भएपछि वनमा पानीको सबै स्रोत सुक्ने हुँदा वन्यजन्तु पानीको खोजीमा वनक्षेत्र बाहिर निस्किन्थे,’ उनले भने, ‘जसले गर्दा मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्ने खतरा थियो । वनमा पोखरी निर्माण हुँदा पानीको खोजीमा वन्यजन्तु बाहिर निस्कने बाध्यता हटेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)