डेसचाम्प्सको अन्तिम खेल, कांस्य पदक जितेर बिदाइ गर्ने फ्रान्सको लक्ष्य
kalakarmi.com · Sat Jul 18 03:58:47 GMT 2026
काठमाडौं- फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कांस्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।
स्पेनसँग सेमिफाइनलमा २-० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो । अब फ्रान्सले शनिवार अमेरिकाको मियामीमा इंग्ल्यान्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । खेलअघिको पत्रकार सम्मेलनमा डेसचाम्प्सले तेस्रो स्थानको खेल मैत्रीपूर्ण नभई आधिकारिक प्रतिस्पर्धा भएकाले टोलीले पूर्ण जिम्मेवारीका साथ खेल्नुपर्ने बताए । उनले इंग्ल्यान्ड र फ्रान्स दुवै टोली तेस्रो स्थानको खेल खेल्न इच्छुक नभए पनि राष्ट्रिय जर्सीको सम्मानका लागि जित निकाल्नु आवश्यक रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)