नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेको निधन
clickmandu.com · Sat Jul 18 04:06:26 GMT 2026

काठमाडौं । नागरिक अभियन्ता डा देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ। उनको शुक्रबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनको बिहीबार ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गरिए पनि उपचार सम्भव नभएपछि घरमै ल्याइएको हो। उनी क्यान्सरको उपचारमा थिए।