पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
ratopati.com · Sat Jun 27 21:55:19 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को अन्तिम तथा निर्णायक भिडन्तको पहिलो हाफ सकिँदा क्रोएसियाले घानाविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता बनाएको छ ।
फिलाडेल्फिया स्टेडियममा भइरहेको ‘गर या मर’ को यस खेलमा क्रोएसियालाई अग्रता दिलाउन मिडफिल्डर पेटार सुचिचले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ३१औँ मिनेटमा सुचिचले उत्कृष्ट फिनिसिङ गर्दै बललाई जाली चुमाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)