तेह्रथुमको छथर गाउँपालिका अभियान : धेरै सन्तान जन्माउने दम्पतीलाई ५ हजारदेखि २० हजार प्रदान
kendrabindu.com · Sat Jul 18 04:17:40 GMT 2026

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले जनसंख्या वृद्धि तथा सामाजिक सुरक्षालाई लक्षित गर्दै पृथक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ मार्फत धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म प्रोत्साहन स्वरूप बचत रकम उपलब्ध गराउने नीति अघि सारेको हो ।
गाउँपालिकाले सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित नराखी नागरिकको जन्मदेखि वृद्धावस्थासम्म जोडिने जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नवजात शिशुको भविष्य सुरक्षित गर्ने ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन, ज्येष्ठ नागरिक एकल पुरुष सम्मान, घरदैलो स्वास्थ्य उपचार, जनता आवास कार्यक्रम, मलामी खाजा सहयोग, भोका नागरिकलाई खाना कार्यक्रम तथा खाद्य रोजगारी कार्यक्रम विगत केही वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)