विश्वकप फुटबल : तेस्रो स्थानका लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै
kathmandupati.com · Sat Jul 18 04:21:59 GMT 2026
काठमाण्डु – फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि आइतबार बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा स्पेनसँग पराजित फ्रान्स र साविक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा फेरबदल ल्याउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)