बैतडीका डा. चन्द गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रार नियुक्त
barnanmedia.com · Sat Jul 18 04:13:24 GMT 2026

बैतडीको पाटन नगरपालिका–१, बाटुलासौमा जन्मिनुभएका डा. भीम चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको रजिष्ट्रारमा नियुक्त हुनुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको विश्वविद्यालयको सिनेट बैठकले डा. चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको हो। गत वैशाखमा सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेपछि गठित सिफारिस समितिको सिफारिसका आधारमा उहाँ नियुक्त हुनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)