मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
ratopati.com · Sat Jul 18 05:05:41 GMT 2026

जनकपुरधाम । यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ ।
मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा सबैभन्दा कम महोत्तरीमा ३९ दशमलव ५९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)