देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला
barnanmedia.com · Sat Jul 18 04:59:38 GMT 2026

देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला पर्नुभएको छ। केही दिनदेखि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले नारायणी नदीमा खोजी गरिरहेका बेला उहाँको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शवमा रहेको कपडा, हातमा लगाएको औँठी र कानमा लगाएको रिङका आधारमा परिवारका सदस्यले श्रेष्ठको पहिचान गरेका हुन्। धार्मिक परम्पराअनुसार उहाँको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)