बासुन्धरा किङ्समा अनुबन्धित भए नेपालका तीन फुटबल खेलाडी
ratopati.com · Sat Aug 29 11:26:33 GMT 2026
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेका बेला नेपाली राष्ट्रिय टोलीका तीन खेलाडीले विदेशी क्लबमा खेल्ने अवसर पाएका छन् । बंगलादेशको चर्चित क्लब बासुन्धरा किङ्सले नयाँ सिजनका लागि नेपालका अन्तर्राष्ट्रिय खेलाडी अञ्जन विष्ट, मनीष डाँगी र रोहित चन्दलाई अनुबन्ध गरेको छ ।
तीनै खेलाडीले बंगलादेशको दक्षिण एसियाली फुटबल महासंघ (साफ) कोटा अन्तर्गत बासुन्धरा किङ्सबाट प्रतिस्पर्धा गर्नेछन् । उनीहरूको आगमनसँगै बासुन्धरा किङ्समा नेपाली खेलाडीको बलियो उपस्थिति बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)