१८ वर्षअघि काखमा थिए यामाल, आज विश्वकप फाइनलमा मेस्सीका प्रतिद्वन्द्वी
kalakarmi.com · Sat Jul 18 05:14:16 GMT 2026
काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ ।
सन् २००८ मा खिचिएको मेस्सी र बच्चा यामालको उक्त तस्बिर अहिले २०२६ फिफा विश्वकप फाइनलअघि विश्वभर भाइरल बनेको छ । मेस्सीले पनि उक्त तस्बिरको संयोगलाई ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन् । डी–स्पोट्र्सले सार्वजनिक गरेको भिडियोमा मेस्सीले यामाल सानो बच्चा हुँदा खिचिएको तस्बिर अहिले दुवै खेलाडी विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्ने अवस्थासम्म आइपुग्नु आश्चर्यजनक भएको बताएका छन् ।