भोटेकोशी बाढीमा ६२६ जनाको शव फेला, २ हजार ४ सय अझै बेपत्ता
nepaltvonline.com · Sat Aug 29 11:30:12 GMT 2026

काठमाडौं — यही अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरेको जनाएको छ। सरकारले विशेषगरी बेपत्ता रहेका नेपाली तथा विदेशी नागरिकको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राखेको बताएको छ। खोजी तथा उद्धारका लागि छिमेकी मित्र राष्ट्र भारत र चीनबाट विशेष टोली मैदानमा खटिएको छ ।
सरकारका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ६२६ जनाको शव फेला परेको छ भने करिब २ हजार ४ सय जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, विभिन्न क्षेत्रबाट ४ हजार ४५० जनाभन्दा बढीको उद्धार गरिएको छ, जसमा १८७ भन्दा बढी विदेशी नागरिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)