विष्णु पौडेल रिहा भएपछि रास्वपा सांसदले भने – न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो
onlinekhabar.com · Sat Jul 18 05:14:46 GMT 2026

२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको बताएका छन् ।
विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ,’ सांसद न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस कर्मलाई जति ढिला गर्यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)