मधेश प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ सकियो
nepalpress.com · Sat Jul 18 05:30:45 GMT 2026

जनकपुरधाम । यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेश प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।
त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा सबैभन्दा कम महोत्तरीमा ३९ दशमलव ५९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको मधेश प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)