ब्राउन सुगरसहित एक जना पक्राउ
ratopati.com · Sat Jul 18 05:58:45 GMT 2026

झापा । झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका-५ मा रहेको देउराली होटलमा लागुऔषधको अवैध खरिदबिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)