गण्डकी सरकारले पनि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने
nayapatrikadaily.com · Sun Jun 04 16:16:00 GMT 2023
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक गर्नुअघि प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पुस्तिका प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए ।
नीति तथा कार्यक्रममा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गर्ने भनिएको छ । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न आवश्यक कानुनी व्यवस्था गर्ने प्रदेश सरकारको तयारी छ । यसैगरी, मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न आवश्यक कानुनी व्यवस्था गर्ने नीतिसमेत सरकारको रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)