पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
canadanepal.com · Sat Jul 18 07:02:12 GMT 2026

काठमाडौ - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गरेको आरोपमा ५२१ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये ३० जना मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका छन्। त्यसैगरी, १२ जनामाथि यान्त्रिक अवस्थासम्बन्धी कारबाही गरिएको छ भने २६ जनाले ट्राफिक संकेत बत्ती उल्लंघन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)