‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
ratopati.com · Sat Jul 18 07:07:34 GMT 2026

काठमाडौँ । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’को सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ।
गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)