नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
ratopati.com · Sat Jul 18 07:33:49 GMT 2026

काठमाडौँ । पूर्वमन्त्री, नागरिक अगुवा एवं लेखक डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । उनको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो ।
डा. पाण्डे २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका मुख्य अगुवा, प्रखर अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए । उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरूले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)