एमाले उपाध्यक्ष पौडेल रिहा भएपछि रास्वपाका दुई सांसदले उठाए न्यायलयमाथि प्रश्न
shilapatra.com · Sat Jul 18 07:33:00 GMT 2026

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रिहा भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले न्यायलयमाथि प्रश्न उठाएका छन् । पौडेलको रिहाइप्रति असन्तुष्टि जनाउँदै रास्वपा सांसद यज्ञमणि न्यौपाने र टीका संग्रौलाले न्यायलयमाथि प्रश्न उठाएका हुन् ।
सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका पौडेललाई विशेष अदालतले शुक्रबार रिहा गरेको थियो । अदालतले उनीमाथि लागेका आरोप पुष्टि हुन नसकेको भन्दै पौडेललाई रिहा गरेको थियो । उनको रिहापछि रास्वपा सांसद न्यौपानेले न्यायलयको पुनर्संरचनाको प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)