छलफल नै नगरी संगठन संरचनाको ड्राफ्ट तयार गरिएको भन्दै स्वास्थ्य मन्त्रालयका कर्मचारी असन्तुष्ट
swasthyakhabar.com · Sat Jul 18 07:44:00 GMT 2026

काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रस्तावित नयाँ संगठन संरचनाको प्रारम्भिक ड्राफ्ट तयार गर्दा सम्बन्धित महाशाखा प्रमुख तथा प्राविधिक कर्मचारीसँग पर्याप्त छलफल नगरेको भन्दै मन्त्रालयभित्र असन्तुष्टि चुलिएको छ। विशेषगरी हाल कायम रहेको १२औँ तहको अतिरिक्त सचिव पद हटाउने तथा केही महाशाखा र तिनअन्तर्गतका दरबन्दी कटौती गर्ने प्रस्ताव बाहिरिएपछि कर्मचारीहरूले आपत्ति जनाएका हुन्।
शुक्रबार साँझ मन्त्रालयका सचिव डा. विकास देवकोटासँग भेट गरी कर्मचारीहरूले आफ्नो असन्तुष्टि औपचारिक रूपमा राखेका थिए। मन्त्रालयका एक कर्मचारीका अनुसार संगठन संरचना तयार गर्ने क्रममा मुख्यतः प्रशासनतर्फका कर्मचारीलाई मात्र संलग्न गराइएको र सम्बन्धित महाशाखा प्रमुख तथा प्राविधिक पक्षसँग आवश्यक परामर्श नगरिएकाले कर्मचारीहरू असन्तुष्ट बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)