देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सम्पन्न
kendrabindu.com · Sat Jul 18 08:20:17 GMT 2026

काठमाडौं । यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)