गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
barnanmedia.com · Sat Jul 18 08:06:22 GMT 2026

नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार यो राजस्व अघिल्लो आवको तुलना गत आवमा १६ करोड ४५ लाख कम हो ।
“राजस्व सङ्कलन अघिल्लो आवको तुलनामा गत आवमा केही घटेको छ, तर अपेक्षाभन्दा कम घटेको छ”, उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्ध लगायतका कारणले राजस्व कम भएको हो ।” कार्यालयका अनुसार आव २०८१/८२ मा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व सङ्कलन भएकामा आव २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)