मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
barnanmedia.com · Sat Jul 18 08:15:14 GMT 2026

मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको छ । हाल स्नातकोत्तर तहमा जनप्रशासन (एमपिए), कानुन सङ्कायतर्फ स्नातक (बीए एलएलबी) र जनप्रशासन सङ्कायतर्फ स्नातकमा जनव्यवस्थापन (बिपीएम) कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगञ्जस्थित मधेस विश्व विद्यालयले चालु शैक्षिक सत्रमा थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको हो ।
मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रसन (एमबिए) तथा स्नातक तहको ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रिसन (बिबिए) को पठनपाठन सुरु गर्न लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)