देशभर झण्डै ७० प्रतिशत धान रोपाइँ सम्पन्न
kalakarmi.com · Sat Jul 18 08:32:46 GMT 2026

काठमाडौं- यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर धान खेती योग्य जमिनमध्ये हालसम्म ९ लाख ५८ हजार ५ सय ७४ हेक्टरमा रोपाइँ सकिएको हो ।
यद्यपि, गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ । गत वर्षको साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत क्षेत्रफलमा धान रोपिएको थियो, जुन यस वर्षको तुलनामा करिब २.३७ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)