करिब सत्तरी प्रतिशत सकियो धान रोपाईँ
hamrakura.com · Sat Jul 18 00:00:00 GMT 2026
काठमाडौँ। देशभर यस वर्षको साउन १ गतेसम्म कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार कुल १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ९ लाख ५८ हजार ५७४ हेक्टरमा रोपाइँ सकिएको हो।
यद्यपि, गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति केही सुस्त देखिएको छ। गत वर्ष साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो। यस आधारमा यस वर्षको रोपाइँ करिब २.३७ प्रतिशतले पछि परेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)