जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ
ekagaj.com · Fri Mar 21 10:13:38 GMT 2025

सिरहा- सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साहमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारि पटक-पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहिवार राती पक्राउ गरेको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)