सुरुङ र पावरहाउसभित्र फसेका नागरिकको उद्धार गर्न ठूलो चुनौती, स्थान पहिचान गर्नै मुस्किल
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाका संरचनाहरूभित्र फसेका नागरिकहरूको तत्काल उद्धार गर्न अत्यन्तै ठूलो चुनौती देखिएको बताएका छन्। त्रिशूली–३ ‘ए’ र ३ ‘बी’ लगायतका जलविद्युत आयोजनाहरूको भूमिगत पावरहाउस तथा सुरुङहरूभित्र कामदारहरू फसेको र उनीहरूको उद्धारमा कठिन परिस्थिति उत्पन्न भएको उनले बताएका छन्।
बाढीको प्रकोपपछि प्रारम्भिक चरणमा त्रिशूली–३ ‘ए’ आयोजनाको वास्तविक स्थल कहाँ पर्छ भन्ने कुरा पत्ता लगाउनै निकै मुस्किल परेको उनले जानकारी दिए। बाढी र बाक्लो लेदोले सम्पूर्ण संरचनाहरू पुरेपछि सुरुङ तथा पावरहाउसको ठ्याक्कै स्थान तत्काल पहिचान गर्न सकिएको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)