उद्यमशीलता सिकाउने, रोजगारी दिलाउने शैक्षिक थलो, नेपाल मेगा कलेज
kendrabindu.com · Sat Jul 18 09:35:14 GMT 2026

उत्कृष्ट शैक्षिक नतिजा, अनुभवी प्राध्यापक, आधुनिक सिकाइ वातावरण र करिअर केन्द्रित शिक्षाका लागि परिचित प्राज्ञिक थलाे हाे, नेपाल मेगा कलेज । काठमाडाैंकाे बबरमहलमा सन् २०११ मा स्थापना भएको यो कलेजले छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि र विश्वासिलो पहिचान निर्माण गर्न सफल भएको छ।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध नेपाल मेगा कलेजले वर्तमान समयको आवश्यकता अनुरूप स्नातक तहमा ब्याचलर अफ सोसल वर्क (बिएसडब्ल्यू), ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) तथा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) कार्यक्रम सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरू केवल शैक्षिक प्रमाणपत्रमा सीमित नभई व्यावहारिक सीप, नेतृत्व क्षमता, उद्यमशीलता र रोजगारीयोग्यता विकासमा केन्द्रित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)