प्रदेश सरकारमा कांग्रेससँग सहकार्य नगर्ने पक्षमा नेकपा नेता
shilapatra.com · Sat Jul 18 09:38:28 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेससँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन् । कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलविरुद्ध कांग्रेसले नेकपासँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएसँगै शीर्ष तहका नेताहरूले नै असन्तुष्टि देखाएका छन् ।
नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले सत्ता परिवर्तनको खेलमा नलाग्ने स्पष्ट निर्णय गरिसकेकाले एक वर्षपछि नियमित रूपमा हुने निर्वाचनअघि सत्ता परिवर्तनको खेलमा सामेल हुनु दुःखद भएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता श्रेष्ठले सामाजिक सञ्जालमा पार्टीको केन्द्रीय कमिटीमा भएका निर्णय सार्वजनिक गर्दै प्रदेशको सत्ता समीकरणका चार विकल्प दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)