टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
ratopati.com · Sat Jul 18 10:09:35 GMT 2026

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको राजमार्ग चौराहामा टिपरको ठक्करबाट ईभी साइकल चालकको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–५, बैङ्क रोड, भैरहवा निवासी ६० वर्षीय तारचन सुनारको मृत्यु भएको हो ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको ईभी साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)