चेर्दुङको चौरीगोठमा
onlinekhabar.com · Sat Jul 18 10:00:16 GMT 2026

१ साउन, दोलखा । चौरीगोठमा मैले धेरैपटक रात बिताएको छु। चौरीको दूध, घिउ, छुर्पी र चिजको स्वाद पनि धेरैपटक चाखेको छु। तर, एउटा रहर भने अझै पूरा हुन सकेको छैन- आफ्नै हातले चौरी दुहुने।
चौरी दुहुनु त्यति सजिलो काम रहेनछ। चौरी एकहाते जनावर हो। नियमित रूपमा एउटै व्यक्तिले दूध दुहुने बानी परेपछि उसले अरूलाई सजिलै स्वीकार्दैन। एउटै व्यक्तिले पनि फरक लुगा लगाएर जाँदा चौरीले दूध नदिने विश्वास गोठालाहरूको छ। त्यसैले चौरीसँग पनि विश्वास र अपनत्वको सम्बन्ध गाँसिनुपर्छ भन्ने लाग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)