इराकले अमेरिकासँग गर्याे ४८ सम्झौता, अधिकांश तेल क्षेत्रमा केन्द्रित
shilapatra.com · Sat Jul 18 10:01:00 GMT 2026

इराकले प्रधानमन्त्री अली अल–जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ । तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ ।
तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ । कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)