गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 10:44:11 GMT 2026

११ भदौ, काठमाडौं । धादिङबाट गोसाइँकुण्ड गएका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहीन भएका छन् । धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार हाल कार्यरत रहेका तीन र पूर्वशिक्षक पाँच गरी आठ जना सम्पर्कविहिन भएका छन् ।
रसुवामा आएको बाढीका कारणलेसम्पर्कविहीन भएका शिक्षकहरुमा निलकण्ठ नगरपालिकामा रहेको पशुपति माविका ठाकुरप्रसाद लम्साल, देउराली माविको जानुका खनाल र पाल्पा सामारी भञ्ज्याङ माविको शिवहरी लम्साल सम्पर्कविहीन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)