इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
nepalnews.com · Sat Jul 18 10:18:48 GMT 2026

काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ र विद्युत् चार्जिङ शुल्कमा प्रतियुनिट एक रुपैयाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै महासंघले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीडितको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि ‘दुर्घटना राहत कोष’ स्थापनाका लागि अतिरिक्त शुल्क उठाउन सुझाव दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)